News

तनहुँको परिणामले आत्तिए देउवा, ठूला राजनीतिक दलप्रति चासो नदेखिएकोमा चिन्ता

तनहुँको परिणामले आत्तिए देउवा, ठूला राजनीतिक दलप्रति चासो नदेखिएकोमा चिन्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपनिर्वाचनको प्रारम्भिक मतपरिणामका कारण आत्तिएका छन्। खास गरी राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल निर्वाचित हुँदै आएको तनहुँ क्षेत्र नं. १ मा कांग्रेससहितको भोट राष्ट्रिय स्वतन्त्र पार्टीमा गएको देखिएपछि देउवा आत्तिएका हुन।

तनहुँको हालसम्मको मत परिणाम अनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले १३७४९ सहित पहिलो स्थानमा छन् भने ८०३६ मतसहित नेपाली कांग्रेसका गोबिन्द भट्टराई दोस्रो र ४३९५ मतसहित नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्।

अन्य क्षेत्रमा पनि कांग्रेसप्रति मतदाताको झुकाव नदेखिएपछि देउवाले आज संसदीय दलको बैठकमा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन्। उनले पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याएको एक सांसदले वताए।

उनले पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेको बताए। देउवाले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएको खतिवडाले जानकारी दिए। 
 

विशेष