News राजनीति

पत्याउँनु हुन्छ ?: गगन थापाले स्वर्णिम वाग्लेलाई यसरी चुनाव जिताए

गगन, स्वर्णिम र रविको शक्तिको स्रोत एउटै हो ?, यसरी गाँसिन्छ पोयो

पत्याउँनु हुन्छ ?: गगन थापाले स्वर्णिम वाग्लेलाई यसरी चुनाव जिताए

उपनिर्वाचनमा तनहुँ–१ बाट स्वर्णिम वाग्ले र चितवन २ बाट पुनः रवि लामिछाने निर्वाचित भएपछि अव प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको सिट संख्या २१ पुगेको छ।

मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सहित प्रतिनिधिसभामा २० सिट जितेको रास्वपा रविको सांसद पद खारेज भएपछि १९ सिटमा सिमित भएको थियो। उपनिर्वाचनमा चितवन–२ बाट लामिछाने पुनः निर्वाचित भए भने तनहुँ–१ मा वाग्लेले कांग्रेसको एक सिट खोसेपछि रास्वपाका सांसद २१ जना भएका छन।

रवि र स्वर्णिमको जितसँगै बधाईको ओईरो लागेको छ। त्यसमा पनि अर्थविद् र विद्वानको पहिचान वनाएका स्वर्णिमको जितमा सर्वसाधारणको अपेक्षा अलि वढी छ। उनलाई देशभरीबाट सर्वसाधारणले बधाई र शुभकामना दिईरहेका छन्। तर, उनको बधाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाका लागि टाउको दुखाई भएको छ।

सामाजिक सञ्जालमा थापालाई देशभरीबाट गालीको वर्षात भईरहेको छ। कतिपयले त ‘अव संसदमा गगनले कसरी स्वर्णिमको मुख हेर्लान ?’ भन्दै प्रश्न समेत गरेका छन् । किनकी कांग्रेस छोडेर रास्वपामा प्रवेश गरी उम्मेदवार वनेका वाग्लेलाई थापाले निर्वाचन क्षेत्रमै पुगेर हमला गरेका थिए।

वाग्लेको नाम नलिईकन उनले ‘मैले विदेशमा बसेर यो गरेर आएको, यत्तिको जागिर छोडेर आएको भन्नुहुन्छ भने मलाई भन्न मन लाग्छ। मैले त जागिर नखाएको, तिमिले त खाएर छोडेर आएको’ भन्दै अभिब्यक्ति दिएका थिए।

यतिमात्रै होईन उनले वाग्लेलाई ‘घुम्दै घुम्दै आएको टुरिस्ट’ उम्मेदवार समेत भन्न भ्याए। उनका यिनै आक्रोशपूर्ण टिप्पणीको प्रतिक्रिया अहिले देशभरबाट गालीको रुपमा आईरहेको छ। सतही रुपमा हेर्ने हो भने अहिले गगन थापा अनुहार देखाएर हिड्न नसक्ने गरी आलोचित भईरहेका छन्। तर, भित्री रुपमा भने स्वर्णिम वाग्लेको जितमा वाग्ले भन्दा खुसी गगन थापा नै भएको राजनीतिक विश्लेषकहरु वताउँछन्।

स्वर्णिमलाई जिताउँने पर्दा पछाडिका खेलाडि हुन गगन थापा
स्रोतका अनुसार स्वर्णिम वाग्लेलाई कांग्रेसबाट निकालेर रास्वपामा पठाउने, तनहुँ १ मा उम्मेदवार वनाउने र उनलाई जित दिलाउँन वातावरण बनाउनेसम्मका काममा थापाको प्रमुख भुमिका छ। थापा, रास्वपाका सभापति लामिछाने र वाग्ले एउटै शक्ति केन्द्रबाट परिचालित रहेको राजनीतिक घट्नाक्रमले पनि पुष्टि गरिसकेको स्रोतको दावी छ।

अध्ययन र अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने क्रममा लामो समय विदेशमा बिताएका उनी केही वर्षअघि मात्र नेपाल फर्किएका हुन। विगत २५ वर्षदेखि नेपालभित्र र बाहिर सक्रिय वाग्ले विसं २०७७ देखि २०७९ सम्म राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एशिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार थिए। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहिसकेका वाग्ले प्रमुख आर्थिक सल्लाहकारको भुमिका त्यागेर नेपाल फर्किएका हुन।

स्रोतका अनुसार शक्ति केन्द्रले उनलाई नेपाली कांग्रेसको नेतृत्वमा स्थापित गर्ने उदेश्यले नेपाल फर्काएको हो। कांग्रेस महामन्त्री थापाले वाग्लेलाई सोही भुमिकामा स्थापित गर्ने प्रयास पनि गरे। मंसिर ४ को संसदिय निर्वाचनमा थापा काठमाण्डौंको आफ्नो निर्वाचन क्षेत्र वाग्लेका निम्ति छाड्न र आफु मधेशबाट चुनाव लड्न समेत तयार थिए।

तर कांग्रेस सभापति शेरबहादुर देउवाको चलाखीका अगाडि थापाको जोर चलेन र उनी काठमाण्डौं ४ मै चुनाव लड्न तयार भए। वाग्ले भने चुनावी प्रतिस्पर्धामा आउन नपाउँदै आउट भए। पार्टीमा आफनो केही नचल्ने अवस्था देखेपछि थापाले सोही निर्वाचनदेखि नै रास्वपासँग आन्तरिक रुपमा सहमति सुरु गरेको वताईन्छ। काठमाण्डौं ४ मा रास्वपाले आफनो उम्मेदवार नउठाउनु र चितवन लगायतका क्षेत्रमा पार्टीले बोलाउँदा समेत गगन थापा चुनावी सभामा नजानुले त्यसलाई पुष्टि गर्छ।

पछिल्लो उपनिर्वाचनमा पनि गगन थापाको जोडबल तनहुँमा वाग्लेलाई नै उम्मेदवार वनाउने थियो। तर, सभापति देउवा त्यसका लागि तयार नभएपछि योजना अनुसार (लामिछाने–वाग्ले–थापा समुहको योजना) नै कांग्रेसमाथि औला उठाउँदै वाग्ले रास्वपामा छिरेको स्रोतको दावी छ। रास्वपाले उनलाई पार्टी प्रवेश गरेकै दिन तनहुँ–१ मा उम्मेदवार वनाउने निधो गर्यो।

अनि कांग्रेसकोतर्फबाट वाग्लेलाई हराउन उनै थापा तनहुँ १ मा खटिए। थापा तनहुँमा गएर वाग्ले विरुद्ध बाघ झै गर्जिए। कांग्रेसकै कतिपय नेताहरु भन्छन्–‘नेपाली कांग्रेसको महामन्त्री भईसकेको र देशकै नेतृत्व गर्ने योजना अनुसार पार्टी सभापतिसँग संसदीय दलको नेताका लागि चुनाव लडेका थापाले ‘वाग्लेलाई गाली गर्नु भनेको वञ्चरोमा खुट्टा हान्नु जस्तै हो’ भन्ने वुझेनन होला भनेर कस्ले पत्याउने ?’

रवि लामिछानेको पार्टीका उम्मेदवार, त्यसभन्दा माथि आफै पनि अन्तराष्ट्रिय रुपमै योग्य, इमान्दार, मेहनती, परिश्रमी, विद्वान, देशका लागि केही गर्न सक्ने सम्भवना वोकेको ब्यक्तित्व बनाएका र तीन दिनअघिसम्म आफैंले काँधमा बोकेर हिडेका वाग्ले विरुद्ध अभिब्यक्ति दिनु भनेको ‘अरिंगालको गोलामा ढुङ्गा हान्नु जस्तै हो’ भन्ने वुझेरै थापाले उनी विरुद्ध आगो ओकलेको ति नेताहरुको भनाई छ।

तनहुँमा स्वर्णिमलाई जिताउँन थापाको भुमिका रहेको र कांग्रेसमा उनकै स्थायित्वको पनि ग्यारेन्टी नभएको नेताहरुको विश्लेषण छ। ‘पार्टीमा नेतृत्वदायी भुमिकामा रहेर प्रधानमन्त्रीसहितका अवसर पाईरहने अवस्था रहे मात्रै थापा कांग्रेसमा रहने हुन’ एक नेता भन्छन्–‘त्यो अवस्था नरहने र उनलाई उछिनेर अगाडि वढ्ने कोही निस्कियो भने थापा, वाग्ले र लामिछाने भेला हुने एउटै ठाउँ हो। उनीहरुको गन्तब्य एउटै हो।’
 

गगन थापा स्वर्णिम वाग्ले रवि लामिछाने

विशेष