News

स्वर्णिमले गठवन्धनलाई धुलो चटाए, भारी मतान्तरले विजयी

स्वर्णिमले गठवन्धनलाई धुलो चटाए, भारी मतान्तरले विजयी

तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले सत्ता गठवन्धनलाई धुलो चटाएका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७९६ बढी मततान्तरले विजयी भए।

तनहुँमा भट्टराईलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा एसको पनि समर्थन थियो। वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले भने २० हजार १२२ मत पाए। नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८, राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।

यसअघि गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि उपनिर्वाचन भएको थियो । स्वर्णिम नेपाली कांग्रेस त्यागेर रास्वपाबाट निर्वाचन लडेका थिए। 
 

विशेष