News मनोरञ्जन

यसरी असफल भयो कमेडियन कपिल शर्माको आत्महत्या गर्ने प्रयास

यसरी असफल भयो कमेडियन कपिल शर्माको आत्महत्या गर्ने प्रयास

‘द कपिल शर्मा’ मार्फत मानिसहरुलाई हसाइरहने र बाँच्नका लागि प्रेरणाको स्रोत वनिरहेका भारतीय कमेडियन कपिल शर्मा कुनै वेला आत्महत्या गर्न चाहन्थे। तर, अहिले भारतमा मात्रै होइन, विश्वका अन्य देशमा पनि उनका दर्शक र फ्यानको संख्या ठूलो छ। ५ सय रुपैयाँबाट करिअर सुरु गरेका कपिल अहिले ३ सय करोडभन्दा माथिका मालिक भएका छन्।

यो अवस्थामा आईपुग्न भने उनले निकै संघर्ष गरेका छन्। निकै उतारचढावले भरिएको उनको जिवन यात्रा कुनै वेला एकदमै कष्टकर थियो। बुवाको निधनपछि परिवारको जिम्मेवारी कपिलको काँधमा आयो। संघर्षकै क्रममा उनी डिप्रेसनमा परे र आत्महत्या गर्नेसम्मको अवस्थामा पुगे। 

जानकारी अनुसार उनी पहिलो कमेडी शोको अडिसनबाट अस्वीकृत भएका थिए। त्यसपछि तेस्रो सिजनको विजेता बने। त्यसपछि विस्तारै उनले सफलताको गारेटो भेटे। कमेडिमा लोकप्रियता कमाएपछि बलिउडमा डेब्यु गरे। 

सन् २०१५ उनले फिल्म ‘किस किसको प्यार करूँ’बाट बलिउडमा डेब्यु गरेका थिए। यसपछि २०१७ मा उनले आफै ‘फिरंगी’ बनाए। ३३ करोडमा बनाएको त्यो फिल्म फ्लप भयो। त्यसपछि उनी डिप्रेसनमा गए। 

उनले रक्सी पिउन थाले। घरको चार पर्खालमा थुनिएर बसे। त्यही वेला उनले आत्महत्या गर्ने सोच वनाए। तर, परिवारको सहयोगमा उनले यो खराब अवस्थाबाट आफूलाई बाहिर निकालेका छन्। 

उनलाई आत्महत्या गर्ने आउन थालेपछि रक्सीको लतमा पनि फसे। एकदिन सक्सीकै तालमा उनी अमिताभ बच्चनलाई भेट्न गए। श्रीमती गिन्नी र परिवारले उनलाई यो खराब अवस्थाबाट बाहिर निकाले। त्यसपछि उनी बिस्तारै काममा फर्किए। 

कपिल शर्मा

विशेष