News

८ महिना झुलाएर चीनले बुझ्यो राजदूत श्रेष्ठको ओहोदाको प्रमाणपत्र

८ महिना झुलाएर चीनले बुझ्यो राजदूत श्रेष्ठको ओहोदाको प्रमाणपत्र

नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई आठ महिना झुलाएर चीनका राष्ट्रपति सी चिनफिङले सोमवार उनको ओहोदाको प्रमाणपत्र बुझेका छन् ।

राजदूत श्रेष्ठले उनले बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सी समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गत ९ असारमा श्रेष्ठलाई राजदूत नियुक्त गरेकी थिइन् ।

दूतावासका अनुसार श्रेष्ठले बुझाएको ओहोदाको प्रमाणपत्र बुझ्दै चिनियाँ राष्ट्रपति सीले  विश्वसँगको हातेमालोका लागि चीनले ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई), ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसियटिभ (जीसीआई) लाई अगाडि सारेको बताएका थिए । 
 

विशेष