News

फ्लाई दुवईका कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक, भ्रामक हल्ला चलाएको आरोप

फ्लाई दुवईका कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक, भ्रामक हल्ला चलाएको आरोप

विमानमा चरा ठोक्किएको भनेर भ्रामक हल्ला चलाएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई कारवाही गरेको छ।

प्राधिकरणले उनीहरुको एयरपोर्ट पास निष्कृय पार्दै विमानस्थल प्रवेशमा रोक लगाएको हो । फ्लाइ दुबईको जहाजको इन्जिनमा खराबी आएको भन्दै पाइलटले एटीसीलाई जानकारी गराएपछि फ्लाइ दुबईले भने ट्वीट गर्दै चरा ठोक्किएको जनाएको थियो।

भौतिक रुपमा निरिक्षण गर्दा चरा ठोक्किएको विषय पुष्टि हुन नसकेपछि फ्लाई दुबईका दुई कर्मचारीलाई कारवाही गरिएको प्राधिकरणले जनाएको छ। 

यो कारवाहीपछि अव उनीहरुले विमानस्थल भित्र प्रवेश पाउने छैनन् । प्राधिकरणका अनुसार के कारणले जहाजको इन्जिन पड्किएको हो, के कारणले आगो देखिएको हो भन्नेबारे संयुक्त अरब इमिरेट्सको नागरिक उड्डयन प्राधिकरणबाट जानकारी लिइने छ ।

फ्लाइ दुबई सोही मुलुकमा दर्ता भएका कारण नेपालको नियामक निकायले सो कम्पनीबारे अनुसन्धान नगर्ने जनाईएको छ। 
 

विशेष