News

निर्वाचन क्षेत्र खाली गराएर यसरी निर्वाचित भए उपेन्द्र यादव

निर्वाचन क्षेत्र खाली गराएर यसरी निर्वाचित भए उपेन्द्र यादव

सप्तरी क्षेत्र नं. २ बा चुनाव हारेका जसपाका अध्यक्ष उपेन्द्र यादव बारा २ मा उपचुनाव जितेर प्रतिनिधि सभामा छिरेका छन्। पाँचदलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् ।

यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ र नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मत पाए।

रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत पाएका छन्।

मंसिर ४ को चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर बढी मतले पराजित यादव अन्ततः उपचुुनावबाट सांसद भएका हुन। बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर निर्वाचन क्षेत्र खाली बनाई उनी उपनिर्वाचन लडेका हुन।
 

विशेष