News

ठेकेदारले मन्त्रालयका सचिवलाई नै कार्यकक्षमा थुनेपछि...

ठेकेदारले मन्त्रालयका सचिवलाई नै कार्यकक्षमा थुनेपछि...

मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई ठेकेदारहरुले बुधवार कार्यालयमै थुनेका छन्। काम पूरा भइसकेका विकास योजनाको रकम भुक्तानी नगरेको भन्दै उनीहरुले मिश्रलाई कार्यकक्षमा थुनेका हुन।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका विभिन्न योजना निर्माणको काम सम्पन्न गरे पनि भुक्तानी अहिलेसम्म नपाएको भन्दै निर्माण व्यवसायीले मन्त्रालय पुगेर सचिवको कार्यकक्षमा ताला लगाएर प्रदर्शन गरेको जनाईएको छ। ठेकेदारहरुले सचिवको कार्यकक्ष अगाडि फोहोरसमेत थुपारेका हुन्। 

गत आर्थिक वर्षहरुमा प्रदेश सरकारको दर्जनौँ विकास परियोजना बनाएका काम सम्पन्न गरेको साढे दुई वर्ष बितिसक्दा पनि भुक्तानी नपाएकाले बाध्य भएर सचिवलाई नै कार्यकक्षमा थुनेको निर्माण व्यवसायी खुशीलाल ठाकुरले बताए। 

गरेको कामको भुक्तानी नपाउँदा बैंकको ब्याज तिर्नसमेत समस्या भइरहेको उनको भनाई छ। मधेश प्रदेश सरकारका अन्य मन्त्रालयहरुको पनि विभिन्न उपभोक्ता समितिको करिब १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाईएको छ। 

विशेष