News विदेश

माओवादीको एम्बुसमा परी छत्तिसगढमा ११ सुरक्षाकर्मीको मृत्यु

माओवादीको एम्बुसमा परी छत्तिसगढमा ११ सुरक्षाकर्मीको मृत्यु

भारतको छत्तिसगढ स्थित दन्तेवाडाको अरनपुर क्षेत्रमा माओवादी विद्रोहीको एम्बुसमा परेर सवारी चालक र सुरक्षाकर्मीसहित ११ जनाको मृत्यु भएको छ । छत्तिसगढ राज्यमा डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी) भनेर माओवादीविरुद्ध लड्नका लागि सुरक्षाकर्मी खडा गरिएको छ ।

हाल माओवादीको एम्बुसमा परेर डीआरजीका १० जवान र एक भ्यान चालकको मृत्यु भएको जनाइएको छ । डीआरजी सुरक्षाकर्मीहरू गस्ती गएर आफ्नो कार्यालय फर्किँदै थिए । बाटोमै एम्बुस थापिएकाले उनीहरूको भ्यान विस्फोटमा परेको हो।

दुर्घटनामा परेका सवै जवान र चालकको पहिचान भईसकेको छ। जोगा सोढी, मुन्ना राम कडती, संतोष तामो, दुल्गो मण्डावी, लखमू मरकाम, जोगा कवासी, हरिराम मण्डावी, राजू राम करटम, जयराम पोडÞियाम, जगदीश कवासी र चालक धनीराम यादवको मृत्यु भएको छ।
 

विशेष