News

ओली सहभागी कार्यक्रममा ढुङ्गामुढा, संसदमै हंगामा

ओली सहभागी कार्यक्रममा ढुङ्गामुढा, संसदमै हंगामा

झापामा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर ढुङ्गामुढा भएको छ। प्रदेशको नाम कोशी राखिएको प्रति विरोध गरिरहेको समूहले कार्यक्रममा ढुङ्गामुढा गरेको हो।

उनीहरु ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जान खोजेपछि प्रहरीले रोकेको थियो। त्यसक्रममा ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीका अनुसार प्रदर्शनकारीहरुको ढुंगा लागेर इलाका प्रहरी कार्यालय, धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएका छन् ।

प्रहरीले घटनास्थलबाट मित्र लिङ्देनलाई नियन्त्रणमा लिएको छ । ओली केहीबेरअघि झापाको कार्यक्रम सकेर इलाम पुगेका छन् ।

यता, एमालेका प्रमुख सचेतक पदम गिरीले पार्टीका अध्यक्ष ओली सहभागी झापाको बुधबारेमा आयोजित कार्यक्रममा सत्तापक्षकै कार्यकर्ताहरुले आक्रमण प्रयास गरेको भन्दै हंगामा गरेका छन्। प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले पार्टीद्वारा आयोजित ओली सहभागी कार्यक्रम बिथोल्ने, ढुंगामुढा गर्ने काम भएकोभन्दै आपत्ति जनाए। 

उनले मुलुकको शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको सत्तापक्षले नै अध्यक्ष ओली सहभागी कार्यक्रममा होहल्ला, ढुंगामुढा गर्ने र कार्यक्रम नै बिथोल्ने प्रयास गरेको भन्दै आक्रोश पोखे। ’एमाले अध्यक्ष केपी ओली काठमाडौंबाट झापातर्फ जाँदै गर्दा भद्रपुर विमानस्थलबाट बुधबारे जाने क्रममा कार्यक्रमस्थलमा पुग्नै लाग्दा होहल्ला गर्ने, कार्यक्रम बिथोल्न अबाञ्छित गतिविधिहरु गर्ने, शान्ति भंग गराउने गतिविधि भएका छन’, उनले भने। 
 

विशेष