News अपराध सुरक्षा

नीरा आचार्यको हत्यामा पतिमाथि पनि आशंका, प्रहरीको यस्तो खुलासा

१९ लाख फिक्स्ड डिपोजिट म्याचुअर्ड भएर वैंक सारेकै दिन हत्या

नीरा आचार्यको हत्यामा पतिमाथि पनि आशंका, प्रहरीको यस्तो खुलासा

काठमाण्डौं–६, कपन, सरस्वीतनगरस्थित आफ्नै भाँडा पसलमा मृत भेटिएकी ३२ वर्षिया नीरा पाण्डे आचार्यको हत्यामा प्रहरीले विभिन्न शंकास्पद कोणबाट अनुसन्धान गरिरहेको छ। निरालाई वैशाख ७ गते एक दर्जनभन्दा वढि पटक छुरा रोपेर हत्या गरिएको थियो।

अनुसन्धानमा आर्थिक पाटोदेखि पारिवारिक पाटोसम्म शंकास्पद देखिएको प्रहरीले जनाएको छ। खास गरी नीरा र उनका श्रीमान् योगेन्द्र आचार्यबीच नै सम्वन्ध राम्रो नदेखिएको अनुशन्धानबाट खुलेको छ। पति पत्निकैबीचमा विश्वालीलो सम्वन्ध नभएपछि उनीहरले ब्यवसाय पनि फरक फरक बनाएको पाईएको छ।

रिलायन्स कलेजको अगाडि योगेन्द्रले पसल गर्दै आएका छन्। उनले करिव ३ वर्ष अघि मात्रै उक्त पसल सुरु गरेको जनाईएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृत पनि निरा र श्रीमान् योगेन्द्रबीच सामान्य मनमुटाव हुने गरेको खुलेको स्वीकार्छन् । ‘तर त्यस्तो असमझदारी हरेक दम्पत्तिमा हुन्छ’–उनी भन्छन् । श्रीमान् योगेन्द्र अहिले प्रहरीसँग बयान दिन सक्ने अवस्थामा छैनन् । प्रहरीले पनि धेरै केरकार नगरेको अधिकृतहरु बताउँछन् ।

यद्यपी, योगेन्द्रको गतिविधि निगरानी गर्दै प्रहरीले उनीमाथि पनि अनुसन्धान गरिरहेको छ। उनीहरूको ११ वर्षीय छोरी छिन्।

यसैगरी, नीराले फिक्स्ड डिपोजिट गरेको १९ लाख म्याचुअर्ड भएकै दिन उनको हत्या भएको पाईएको छ। जानकारी अनुसार फिक्स्ड डिपोजिटमा राखेको म्याद वैशाख ७ गते सकिएको थियो। उनले सोही दिन १९ लाख रुपैयाँ निकालेर अर्को बैंकमा सारेको पाईएको छ।

प्रहरीका अनुसार म्याचुअर्ड हुने दिनको भाका राखेर निराले कसैलाई पैसा दिन्छु भनेको पनि अनुशन्धानमा खुलेको छ। तर उनले दिन्छु भनेको ब्यक्तिलाई रकम दिनुको साटो अर्कै बैंकमा ट्रान्सफर गरेको पाईएकाले पैसाका लागि पनि हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ।

त्यही दिन १९ लाख म्याचुअर्ड हुनु, उक्त रकम अर्को बैंकमा ट्रान्सफर गरिनु र त्यति नै बेला हत्या हुनुले घट्ना पैसा नपाएको रिसमा भएको हो की भन्ने कोणबाट पनि अनुशन्धान भईरहेको जनाईएको छ।

नीराको हत्या भएको स्थलमा प्लाष्टिकको झोलामा कपलगायतका सामानहरु प्याक गरेको भेटिएको थियो। उक्त सामान कसका लागि थियो ? भन्ने खुलेको छैन। सामान अर्डर गरेर लिन जाने बहानामा निरोको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रहरीका अनुसार नीराको पसल आसपासका सीसीटीभी फुटेज हेर्दा दुई जना निराको पसल भन्दा केही पर मोटरसाईकल (पठाओ) मा आएको र एक जना ब्यक्ति मोटरसाईकलबाट ओर्लेर नीराको पसलतर्फ गएको देखिएको छ। ती व्यक्ति को हुन र नीराको पसलमा छिरे÷छिरेनन् भन्ने फुटेजमा नदेखिएकाले त्यसको पनि अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो पनि,

नीरा आचार्य

विशेष