टाउको रुखमा झुण्डिएको र शरीर भुँईमा लडेको अवस्थामा शव भेटियो

भक्तपुरमा एक ब्यक्तिको टोउको रुखमा झुण्डिएको र शरीरको भाग भुईमा सडिसकेको अवस्थामा फेला परेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका–५ खरिपाटीस्थित सेतीदेबी सामुदायिक वनमा यस्तो अवस्थामा शव भेटिएको हो।
करिव ४३ वर्षको पुरुषको भुईमा र टाउनको रुखमा झुण्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार हरियो डोरीको पासोमा ती पुरुषको टाउको रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ।
शरीरको भाग भने सडेको अवस्थामा भुँईमा भेटिएको छ। घाँटीको भाग सडेर चुडिएपछि भुँईमा खसेको हुनसक्ने एसपी प्रजित केसीले जानकारी दिए ।