News

के पठाओ चढेर आएका थिए निराका हत्यारा ?

आफन्त पनि अनुशन्धानको घेरामा

के पठाओ चढेर आएका थिए निराका हत्यारा ?

काठमाडौं– ६ कपन सरस्वतीनगर स्थित भाँडा पसलमा वसिरहेकी निरा पाण्डे आचार्यको हत्या भएको घट्नामा प्रहरीको अनुशन्धान पठाओ यात्रुतिर केन्द्रित भएको छ। वैशाख ७ गते दिउँसो भएको उक्त घट्नामा प्रहरी टोलीले अहिलेसम्म कुनै महत्वपूर्ण उपलिब्ध भने फेला पारेको छैन।

प्रहरीले पसलमा सीसीटीभी नभएपछि वरपरका सीसीटीभी फुटेजमार्फत अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा केही पर मोटरसाकल (पठाओ) मा आएकामध्ये एक जना झरेर नीराको भाँडा पलसतर्फ गएको देखिन्छ। यद्यपि, ती व्यक्ति नीराको पसलमा छिरे की छिरेनन् भन्ने पुष्टि हुन सकेको छैन।

नीराको पसलको दृश्य सीसीटीभीको मोनिटरिङ क्षेत्रभन्दा टाढा रहेको पाइएको छ। त्यसैले पठाओवाट झरेका ब्यक्ति पसलमा परे नपसेको एकिन हुन सकेको छैन। मोटरसाइकलबाट झरेर संकास्पद रुपमा अघि बढेका ती व्यक्ति घटनास्थल नजिक पुगेको देखिन्छ। ती व्यक्ति को हुन्, त्यहाँबाट कता गए, भन्नेबारे बुझ्ने काम भइरहहेको प्रहरीले जनाएको छ।

यसैगरी, प्रहरीले नीराका आफन्तहरुमाथि पनि निगरानी गरिरहेको छ। निराको पसलभन्दा करिब २ सय मिटर पर उनका श्रीमान् योगेन्द्रको पसल छ। तर राजधानीमा दिउँसो व्यस्त बजारमा हत्या हुँदासमेत वरपरका कसैले पनि सुईंको नपाएपछि घटना निकै रहस्यमय बन्दै गएको छ। 

निरा आचार्य सरस्वतीनगर नीरा आचार्य

विशेष