हिन्दुराष्ट्रको मुद्दा बोकेको राप्रपालाई जनताले पाखा लगाए

वकालत गरिरहेको राप्रपालाई वैशाख १० को उपनिर्वाचनमा जनताले खासै वास्ता नगरेपछि ३ वटै क्षेत्रमा उम्मेदवारको धरौटी जफत भएको छ।
राजसंस्था र हिन्दुराष्ट्रको वकालत गरिरहेको राप्रपालाई वैशाख १० को उपनिर्वाचनमा जनताले खासै वास्ता नगरेपछि ३ वटै क्षेत्रमा उम्मेदवारको धरौटी जफत भएको छ।
राप्रपाबाट उम्मेदवार भएका तनहुँ क्षेत्र नम्बर १ मा शोभा गुरूङ, चितवन क्षेत्र नम्बर २ मा जीवलाल पुरी र बारा क्षेत्र नम्बर २ मा सोनालाल प्रसाद साह तेलीको धरौटी जफत भएको हो।
राप्रपाका यी तीनै जना उम्मेदवारले थौरै मात्रै मत पाएका छन्। तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्ले ३४ हजार ९ सय १९ मतसहित विजयी हुँदा राप्रपा उम्मेदवार गुरूङले २ सय १८ मत मात्रै पाएकी थिइन्।
चितवन २ मा रास्वपा सभापति रवि लामिछाने ५४ हजार ९ सय ७६ मतसहित निर्वाचित हुँदा राप्रपा उम्मेदवार रहेका पुरीले जम्मा ३ सय ७५ मत मात्रै ल्याएका छन्।
बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४ सय १५ मतसहित निर्वाचित हुँदा राप्रपा उम्मेदवार तेलीले जम्मा १ सय १९ मत मात्रै ल्याएका थिए।
सदर मतको १० प्रतिशत मत नल्याए उम्मेदवारको धरौटी जफत हुन्छ। प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारले जनही १० हजार रुपैयाँ धरौटी राख्ने व्यवस्था छ।
गत मंसिरमा राप्रपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा ७ सिट र समानुपातिकमा ७ गरी १४ सिट जितेको थियो।