News

रवि लामिछानेले घुँडा टेकेर माफी मागे !

रवि लामिछानेले घुँडा टेकेर माफी मागे !

आफ्ना समर्थक र कार्यकर्ताद्वारा सामाजिक सञ्जालमा बलात्कार गर्ने र मार्नेसम्मको धम्की पाएकी किशोरीसँग रास्वपाका सभापति रवि लामिछाने घुँडा टेकेर माफी मागेका छन्। उपनिर्वाचन अघि एउटा भिडिओमा ‘नेपाली कांग्रेसलाई भोट हाल्छु’ भनेकी ती किशोरीलाई भेटेरै लामिछानेले माफी मागेका हुन।

लामिछाने बुधबार बिहान ती किशोरीको घरमै पुगेका थिए। उपनिर्वाचनको चुनावी प्रचार चलिरहँदा एक युट्युबरले सोधेको प्रश्नमा ती किशोरीले आफूले रुखमा भोट हाल्ने बताएकी थिइन्। उनले अरुलाई जसलाई भोट दिन मन लाग्छ दिन मिल्ने तर आफू घण्टीमा नभई रुखमा भोट हाल्ने बताएकी थिइन्।

उक्त भिडिओ सार्वजनिक भएपछि रास्वपा समर्थकहरूले उनीमाथि सामाजिक सञ्जालमा अश्लिल गाली गरेका थिए। समर्थकले गल्ती गरेको भन्दै चुनाव जितेपछि लामिछाने किशोरीको घरमै पुगेका हुन्। रास्वपाले आफ्नो पेजमा सार्वजनिक गरेको एउटा भिडिओमा रविले भनेका छन्–‘हामी कसैलाई अपमान गर्दैनौं। हाम्रा दुश्मन छैनन्। हामीलाई खबरदारी गरिरहनु होला। विगत केही दिनदेखि सामाजिक संजालमा यहाँमाथि जसले गाली गलौज गरेको भएपनि हामी क्षमा माग्दछौँ।’

लामिछानेले किशारीलाई समर्थन गर्दै ‘आफूलाई लागेको कुरा निर्धक्क भन्न पाइने’ पनि बताएका छन्। ‘मन नपर्दा विरोध गर्न पाइन्छ। सरी नानु, म यसरी बसेर सरी भन्छु, तपाईं छोरी जस्तो बहिनी जस्तो मान्छे। जसले गाली गरे पनि मैले भनेर गरेको होइन। मलाई थाहा पनि छैन। जसले गाली गरेको भए पनि उनीहरूको तर्फबाट म माफी माग्छु।’– उनले भनेका छन्।

रवि लामिछाने

विशेष