News

बैंकको ब्याज नतिर्ने अभियान चलाएका दुर्गा प्रसाई राजश्व कार्यालयको ट्रयापमा

बैंकको ब्याज नतिर्ने अभियान चलाएका दुर्गा प्रसाई राजश्व कार्यालयको ट्रयापमा

लघुवित्त वित्तिय संस्था विरुद्ध आक्रमक देखिएका मेडिकल ब्यवसायी दुर्गा प्रसाई आन्तरिक राजस्व कार्यालयको ट्रयापमा परेका छन्। प्रसाईंले आयकर नतिरेको भन्दै राजस्व कार्यालयले उनलाई १५ दिने ‘अल्टिमेटम’ दिएको छ।

प्रसाईंले सञ्चालन गरेको अस्पताल बिएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको आन्तरिक राजस्व कार्यालय, भद्रपुर, झापाले जनाएको छ। बक्यौता रकम दाखिलाका लागि अटेर गरेको भन्दै प्रसाईंलाई १५ दिनको समय दिएको हो।

पटक–पटक पत्राचार, फोन सम्पर्क तथा संकलन भ्रमणका माध्यमबाट आयकर र मूल्यअभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएकाले सार्वजनिक सूचना जारी गरिएको कार्यालयले जनाएको छ।

प्रसाईं फागुन २० गतेदेखि राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाभियानमा सकृय छन्। उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज मिनाहा गरिनुपर्ने र पूर्वराजा ज्ञानेन्द्रलाई गद्दी सुम्पिइनुपर्ने माग राखेका छन्।

ब्याज नतिर्ने अभियानको नेतृत्वमा रहेका उनै प्रसाईंले आयकर नतिरेपछि कर कार्यालयले १५ दिने ‘अल्टिमेटम’ दिएको हो। 
 

दुर्गा प्रसाई

विशेष