News

सांसद संख्या घटाउन र समानुपातिक निर्वाचन प्रणाली हटाउन सांसदको माग

सांसद संख्या घटाउन र समानुपातिक निर्वाचन प्रणाली हटाउन सांसदको माग

सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभा र प्रदेशसभाका सांसदको संख्या घटाउन माग गरेका छन्। राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै देवकोटाले यस्तो माग गरेका हुन।

उनले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता पनि औँल्याएका छन् भने समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न माग गरेका छन्। ‘प्रधानमन्त्रीको कार्यकाल दुईपटक, सासंद वा मन्त्री तीनपटक र पार्टी÷दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौँ,’ उनले भने, ‘समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ।’

प्रतिनिधिसभामा सदस्य संख््या दुई सय ७५ बाट घटाएर १६५ र प्रदेशसभाको संख्या पाँच सय ५० बाट घटाएर ३३० मात्रै कायम गर्न सुझाव दिए। विभिन्न आयोग तथा सरकारी कार्यालयमा हुने नियुक्ति प्रक्रिया नियमसङ्गत नरहेको पनि उनको भनाइ छ। ‘अदालत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतका निकायहरुमा दलीय भागबन्डाका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरुमा पार्टी सदस्य भर्ना गर्ने काम बन्द गरौँ,’ उनको आग्रह छ।

नागरिकका समस्या र गुनासा तत्कालै सम्बोधन गर्न सरकारले संयन्त्र बनाउनुपर्ने उनको सुझाव छ। 
 

विशेष