News खेल

कतार विरुद्ध ५ विकेट लिएका सन्दीप लामिछानेलाई १ लाख नगदसहित मैदानमै सम्मान

कतार विरुद्ध ५ विकेट लिएका सन्दीप लामिछानेलाई १ लाख नगदसहित मैदानमै सम्मान

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले क्रिकेटर सन्दीप लामिछानेलाई १ लाख नगदसहित सम्मान गरेको छ।

ओडिआईमा सबैभन्दा छिटो १ सय विकेट लिएकोकोमा बधाई दिँदै वर्ल्डलिंकले सन्दीपलाई सम्मान गरेको हो। 

राष्ट्रिय क्रिकेट टोलीका स्पिनर समेत रहेका लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान बनाएका थिए।

कतार र नेपालबीचको खेल सकिएपछि मैदानमा वर्ल्डलिंकले उनलाई नगदसहित सम्मान गरेको हो। सन्दीपले ४२ खेलमा १ सय विकेट लिँदै विश्व रेकर्ड बनाएका हुन्। 

यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो। रसिदले ४४ खेलमा सय विकेट लिएका थिए।

यसैगरी, विहिवार कतार विरुद्धको खेलमा पनि सन्दीपले अलराउण्डर प्रदर्शन गरेका छन्। उनको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । सन्दीपले पाँच विकेट लिएपछि कतार ८९ रनमा अलआउट भयो। जीतसँगै नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सन्दीपले ९.१ ओभर बलिङ गर्दै मात्र १४ रन खर्चेर ५ विकेट लिएका थिए। 
 

विशेष