News

गण्डकीमा कांग्रेस संसदिय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा नियुक्त

गण्डकीमा कांग्रेस संसदिय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विहिवार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

उनले बिहीबार नै संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए। प्रदेश प्रमुखले सरकार गठनका लागि प्रदेशप्रमुखबाट भएको आह्वान अनुसार पाण्डेले दाबी पेस गरेका थिए। 

कांग्रेस, माओवादी र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेका हुन्।
 

विशेष