News खेल

समूह विजेताको रुपमा सेमिफाईनल खेल्न नेपालले आज कतारलाई हराउनै पर्ने वाध्यता

समूह विजेताको रुपमा सेमिफाईनल खेल्न नेपालले आज कतारलाई हराउनै पर्ने वाध्यता

एसीसी प्रिमियर कपअन्तर्गत समुह विजेताको रुपमा सेमिफाइनल खेल सुरक्षित गर्न आज नेपालले समुह चरणको अन्तिम खेल कतारसँग खेल्दैछ।

समूह ए मा रहेको नेपालले समूह विजेता बन्दै सेमिफाइनल खेल्न आज कतारलाई हराउन पर्नेछ। यसअघि नै सेमिफाइनल पुगिसकेको नेपालले आज कतारलाई हराए ७ अंकमा समूह विजेता बन्नेछ।

खेलमा अंक बाँड्नुपर्ने अवस्थामा पनि नेपाल समूह विजेताको हैसियतमा फाइनल प्रवेशका लागि खेल्नेछ। तर हारेको अवस्थामा भने नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल खेल्नेछ। 

खेल, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। समूह ए बाट ओमानले ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ।

आजै मूलपानी मैदानमा हुने हङकङ र कुवेतबीचको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्। यो खेलसँगै नेपालले सेमिफाइनलमा खेल्ने टोलीको टुंगो लाग्नेछ। समूह बी बाट यूएईले सेमिफाइनलमा स्थान बनाइसकेको छ। 

प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछन्।  दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ। 

प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ। शीर्ष तीनमा रहने टोलीले भने एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ। 

विशेष