News

कतारको आठौँ विकेट गुम्यो, सन्दीपलाई तेस्रो विकेट

कतारको आठौँ विकेट गुम्यो, सन्दीपलाई तेस्रो विकेट

एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले आठौँ विकेट गुमाएको छ । 

कीर्तिपुरमा जारी खेलमा सन्दीप लामिछानेले १५ रन बनाएका खुर्राम शहजादलाई एल्बीडब्लु आउट गरेका हुन् । खेलमा उनको यो तेस्रो विकेट हो । 

नेपालका लागि सोमपाल कामीले तीन विकेट तथा ललित राजवंशीले दुई विकेट लिएका छन् । कतारले २१.२ ओभरमा ८ विकेटको क्षतिमा ७९ रन बनाएको छ । 

नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

विशेष