News

राहतका नाममा माओवादीले लडाकुबाट १/१ लाख लिन खोजेको खुलासा

राहतका नाममा माओवादीले लडाकुबाट १/१ लाख लिन खोजेको खुलासा

पूर्वअयोग्य लडाकुलाई राहत दिने नाममा माओवादीले भ्रष्टाचार गर्न खोजेको सांसद् अमेरशकुमार सिंहले आरोप लगाएका छन्। संसदमा बोल्दै उनले लडाकुका नाममा पार्टीले खाने यसअघि पनि देखिएको भन्दै यस पटक पनि त्यसै गर्न खोजिएको आरोप लगाए।

‘अयोग्य लडाकुलाई दुई लाख दिने कुरा पनि भ्रष्टाचार हो। यसअघि लडाकुको नाउँमा पार्टीले खाएको हामीले देखेका छौं। यो दुई लाखमा पनि एक लाख पार्टीले खाने?’– सिंहले प्रश्न गरे।

उपचारका नाममा र लडाकुका नाममा कार्यकर्ता पाल्ने गरिएको बताउँदै राज्यको सम्पत्ति निजी जस्तो बनाइएकोमा पनि उनले आपत्ति जनाए। ‘संघीयता खारेज हुनुपर्छ। १६५ भन्दा बढी सांसद चाहिँदैन’ उनले भने–‘सांसददेखि वडाध्यक्षसम्म भत्ताका लागि यो जागिर होइन, सेवा हो।’

०६३ पछिका सबै भ्रष्टाचारबारे छानबिन गरिनुपर्ने बताउँदै उनले नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई पनि ब्यंग्य गरे। ‘जसले नेपालमा कर बुझाउँदैन, त्यो अर्बपति हुन्छ’ सिंहले भने–‘कहाँबाट आयो? कहाँबाट त्यहाँ लगानी भयो?’
 

माओवादी लडाकु पूर्वलडाकु अयोग्य लडाकु

विशेष