News

नीरा पाण्डे हत्या प्रकरणः पठाओ चढेर आएका हत्यारा नजिक पुग्यो प्रहरी

नीरा पाण्डे हत्या प्रकरणः पठाओ चढेर आएका हत्यारा नजिक पुग्यो प्रहरी

काठमाण्डौं–६, कपनस्थित सरस्वतीनगरमा भाँडा पसल गर्ने नीरा पाण्डे आचार्यका हत्यारा पठाओ (निजी मोटरसाईकल) चढेर आएको निष्कर्षतर्फ प्रहरी पुगेको छ।

अनुसन्धान त्यतै सोझिएपछि हत्यारा पहिचान गर्न पठाओका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, पठाओमा पछाडि वसर आएका ब्यक्ति को थिए भन्ने खुलेको छैन। हत्यारा निजी मोटरसाइकलमा भाडामा चढेर आएकाले पहिचानमा सकस भएको प्रहरीले जनाएको छ।

सीसीटीभी फुटेज, घटनास्थलमा प्राप्त प्रमाणलगायतका आधारमा प्रहरी हत्यारा नजिक पुगेको अनुसन्धान अधिकारीको दाबी छ। ‘हत्या गर्ने व्यक्ति आफ्नै सवारीमा आएका थिएनन्। राइडिङ शेयररिङ इनड्राइभर, पठाओ चलाउने मोटरसाइकलवालाको पछाडि बसेर आएका थिए, त्यो पनि अफलाइनमा’ एक अधिकारीले भने–‘ती व्यक्ति नजिक अनुसन्धान पुगिसकिएको छ।’

मोटरसाइकल चालक र ती व्यक्तिकाबीचमा फोनमा पनि कुरा नभएको सिधै मोटरसाइकल रोकिरहेको ठाउँमा आएर ‘सरस्वतीनगर जानुप¥यो’ भन्दै चढेका पाईएको प्रहरीले जनाएको छ। प्रहरीले यो घटनालाई निष्कर्षमा पु¥याउन एकीकृत अनुसन्धान समिति बनाएको छ। उपत्यका प्रहरी अनुसन्धान कार्यालय र काठमाडौं परिसरको संयुक्त टोलीले अनुसन्धान थालेको हो।

सरस्वतीनगरको व्यस्त सडकमा आफैँले सञ्चालन गरेको ‘निरु किचेन’ पसलको काउण्टरमै निराको हत्या भएको पाईएको छ। बागलुङ बडिगाड गाउँपालिकाकी ३२ वर्षीय नीराको ७ वैशाखमा धारिलो हतियारले करिव २० ठाउँमा हानेर हत्या गरिएको छ।

निराको घाँटीदेखि पेटसम्म गहिरो चोट छ। घटनास्थलमा हतियार भने फेला परेको छैन। हत्यामा प्रयोग गरिएको धारिलो वस्तु चक्कु नै भएको अनुमान छ।

यो पनि,

नीरा आचार्य

विशेष