News

पूर्वहवल्दारले नक्कली वकिल बनेर डीएसपीलाई नै ३० लाख ठगेपछि...

पूर्वहवल्दारले नक्कली वकिल बनेर डीएसपीलाई नै ३० लाख ठगेपछि...

२०६४ सालमा सशस्त्र प्रहरीको हवल्दार हुँदा नक्कली इन्सपेक्टर बनेर ठगी गरेको खुलेपछि जागिरबाट निकालिएका जाजरकोटका भरतविक्रम सिंहले डिएसपीलाई नै नक्कली वकिल वनेर ३० लाख रुपैयाँ ठगी गरेको खुलासा भएको छ।

ठगी आरोपमा जागिरबाट हटाईएपछि अपहरण तथा हत्याको मुद्दा समेत खेपेका सिंहले वकिल वनेर सर्वोच्च अदालमै वहस गर्न थालेपछि उनको पछिल्लो ठगी धन्दा पनि सार्वजनिक भएको हो। केही दिन अघि उनले सर्वोच्चमा वहस गरिरहेको भन्दै कुनै वकिलले नै प्रहरीलाई सुचना दिएका थिए। 

त्यसपछि काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई वैशाख ७ गते बैंकिङ कसुरको मुद्दा मिलाउन गएका वेला सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको छ। भरतबहादुर सिंह भनेर पक्राउ परेका उनले आफू जाजरकोट छेडागाड नगरपालिका १२ को ४९ वर्षीय मानबहादुर सिंह भएको बताएका थिए। 

प्रहरीले सिडिओ कार्यालय जाजरकोटबाट नागरिकता मगाएर हेर्दा पनि उनी मानवहादुर नै भएको पुष्टि भयो। तर, थप अनुशन्धान गर्दै जाँदा मानबहादुर भन्ने ब्यक्ति दुई वर्षपहिले नै मरिसकेको पत्ता लाग्यो। त्यसपछि उनी भरतबहादुर सिंह नै भएको पुष्टि भयो।

उनले यसरी नक्कली वकिल बनेर १० जनाबाट एक करोड बढी ठगी गरेको खुलेको छ। प्रहरी स्रोतका अनुसार उनले थुनामा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिने भन्दै ठगी गर्ने गरेको पाईएको छ।

यसरी ठगिनेमा नेपाल प्रहरीका डीएसपी समेत छन्। स्रोतका अनुसार डिएसपीका बुबा बैंकिङ कसुरमा पक्राउ परेका थिए। उच्च अदालतमा दर्ता भएको उक्त मुद्दामा धरौटीमा छुटाई दिने भन्दै सिंहले ३० लाख रुपैयाँ लिएको पाईएको छ। तर, अदालते डिएसपीका बुबालाई पुर्पक्षका लाथि थुनामा पठाई दियो। उनी विरुद्ध अहिले १० जनाले उजुरी दिएको प्रहरीले जनाएको छ।

जानकारी अनुसार सिंह ०५७ वैशाख १ गते नेपाल प्रहरीको जवानमा भर्ती भएका उनी ०६४ सालमा सशस्त्रतर्फ गएर हवल्दार भएका थिए। सोही क्रममा इन्सपेक्टर बनेर ठगी गरेको खुल्यो। सशस्त्र प्रहरीले उनलाई जागिरबाटै निकालेको पाईएको छ।

पछि अपहरण तथा शरीर वन्धक मुद्दामा पक्राउ परेर जेल पर्दा उनलाई अधिवक्ता गणेशप्रसाद शर्माले सहयोग गरेका थिए। पछि उनले गणेशकै अधिवक्ता नम्बर दुरुपयोग गरेर गठी गरेको पाईएको छ।

विशेष