News

के सन्यास लिदैछन् माधवकुमार नेपाल ?

के सन्यास लिदैछन् माधवकुमार नेपाल ?

नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले आफु वुढो भएको भन्दै आगामी अधिवेशनबाट राजनीतिक सन्न्यास लिने बताएका छन्।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिबाट सन्न्यास लिने संकेत गरेका हुन्। ‘पार्टीको अब हुने अधिवेशनबाट म पनि सन्न्यास लिने सोच्दै छु। युवाहरूलाई अवसर दिनुपर्छ, ७० वर्ष कटेका नेताहरूलाई समेत आफ्ना दलबाट सन्न्यास लिन आग्रह गर्दछु’– उनले भने।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले राजनीतिमा पुस्तान्तरण गरिए मात्रै देशका लागि भलो हुने बताए।  उपनिर्वाचनले ठूला र पुराना राजनीतिक दललाई सच्चिन सन्देश दिएको पनि उनले बताए।

‘उपनिर्वाचनको परिणामले ठूला दलहरूकालागि शुभ संकेत होइन, अब पनि नसच्चिए ती दलहरूकालागि आउने दिन सहज हुनेवाला छैन’– उनले भने। उनले राजनीतिमा गुण्डातन्त्र हावी हुँदै गइरहेकाले राजनीतिक दलका नेताहरूप्रति प्रश्न खडा भएको बताए।

विशेष