News

अर्थविद् वाग्लेको सांसदका रुपमा पहिलो सम्वोधनः घाँसीकुवाको संरक्षण होस

अर्थविद् वाग्लेको सांसदका रुपमा पहिलो सम्वोधनः घाँसीकुवाको संरक्षण होस

अर्थविद स्वर्णिम वाग्लेले पहिलो पटक सांसदका रुपमा प्रतिनिधि सभालाई सम्वोधन गर्दै पृथ्वीराजमार्ग विस्तारका क्रममा ‘घाँसीकुवा’ जश्ता ऐतिहाँसिक धरोहरको संरक्षण गर्न माग गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचित सांसद वाग्लेले सडक विस्तार आवश्यक भए पनि यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा ल्याएको पनि बताएका छन्। प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद वाग्लेले पृथ्वी राजमार्ग घुलाम्मे रहेको बताए।

‘जनस्वास्थ्यका दृष्टिले घुलाम्मे सडक र राइट अफ वे स्थापित गर्दा घाँसीकुवालगायत ऐतिहासित तथा पुरात्तात्विक महत्वका संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने म देख्दछु,’ वाग्लेले भने।

सांसद वाग्लेले आज मात्र सांसदको शपथ लिएका थिए। उनले वैशाख १० को उपनिर्वाचनमा भारी मत र मतान्तरसहित विजयी गराएकोमा तनहुँ क्षेत्र नम्बर १ का मतदातालाई धन्यवाद पनि दिएका थिए। ‘मतदाताको स्नेह, विश्वास र भरोसालाई म डगमगाउन दिने छैन,’ उनले भने। 
 

विशेष