News

ओलीलाई पूर्वराजाको चेतावनीः भ्रमजालबाट मुक्त हुनोस

ओलीलाई पूर्वराजाको चेतावनीः भ्रमजालबाट मुक्त हुनोस

पूर्वराजा ज्ञानेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निराधार, कपोल्कल्पित र भ्रमजालबाट मुक्त हुन चेतावनी दिएका छन्। पूर्वराजा शाहको तर्फबाट संवाद सचिव फणि पाठकले शुक्रबार वक्तब्य जारी गर्दै यस्तो चेतावनी दिएका हुन।

वक्तव्यमा आस्था र मर्यादामा आँच नपु¥याउन समेत आग्रह गरिएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बिहीबार इलाममा आयोजित कार्यक्रममा झापामा आफूमाथि आक्रमण हुँदा पूर्वयुवराज्ञी हिमानी शाहले ‘जनताले ढुंगा हानेको’ भनेर ट्वीट गरेको दाबी गरेका थिए ।  

आक्रोश पोख्दै  ओलीले भनेका थिए, ‘ज्ञानेन्द्र शाह उसको परिवार । उनको बुहारी जान्ने भएर जनताले ढुंगा होनेको देखिन् । ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हान्यो रे  । मैले यसको जवाफ दिनु नपरोस् बढ्ता फुरफुर नगर । बढ्ता फुरफुर गने होइन ।  हामीले हिसाब किताब नगरेरै छाडेका छौँ । हाम्रा मान्छे गोली हानेर मार्दा छाडेका छौँ । अनेक हिसाबकिताब गरेका छैनौँ । हिसाब किताब गर्न सुरु गर्न नपरोस् । छोराबुहारी अगाडि सारेर फुरफुर नगर !’

तर, पूर्वराजाको संवाद सचिवालयले ज्ञानेन्द्र शाह र हिमानी शाहले कुनै पनि सामाजिक सञ्जाल सञ्चालन नगरेको स्पष्ट गरेको छ । यसबारे सचिवालयले २०७८ मंसिर २३ गते नै पनि स्पष्ट गरिसकिएको जनाइएको छ ।

यो पनि,

ज्ञानेन्द्र शाह

विशेष