‘महावीर पुनको आन्दोलनमा रास्वपाका २१ सांसद’, रविले भने सडक र सदनमा साथैं छौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफना २१ सांसद आन्दोलनको पक्षमा रहेको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई ढाडस दिएका छन्।
शनिबार पुनको आन्दोलनमा सहभागी हुन माइतीघर पुगेका लामिछानेले आफ्ना २१ जना सांसद पुनको पक्षमा रहेको बताए। लामिछानेले भने–‘हाम्रा २१ जना सांसद तपाईंसँग छन्, मैले आज यही उपस्थितिमा ऐक्यवद्धता जनाउँछौँ।’
पुनको दुई दिने धर्नालाई समर्थन गर्दै लामिछानेले राज्यले गर्नुपर्ने काम पुन एक्लैले गरिरहेको बताए। अन्तर्राष्ट्रिय स्तरमा पनि छवि बनाएका पुन सडकमा सुत्नपर्ने व्यक्ति नभएको भन्दै उनले यथाशीघ्र पुनसँग सरकारले वार्ता गर्नुपर्ने भनाइ राखे।
सडक र सदनबाट आफ्ना सबै सांसदहरू पुनको पक्षमा रहेको लामिछानेले दोहो¥याएका थिए।
अनुसन्धान, नवप्रर्वतन र आविष्कारलाई प्राथमिकतामा राख्ने गरी बजेट विनियोजन गर्न र नीति बनाउन माग गरी पुन शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा छन्। उनले माइतीघर मण्डलमै रात बिताए।