News खेल

कुवेत र नेपालबीचको खेल अर्थहीन, नेपालले युएईसँग फाईनल खेल्ने

कुवेत र नेपालबीचको खेल अर्थहीन, नेपालले युएईसँग फाईनल खेल्ने

एसीसी प्रिमियर कपको फाइनल नेपाल र यूएईबीच हुने भएको छ। शनिबार कीर्तिपुरमा भएको सेमिफाइनलमा कुवेतलाई हराउँदै नेपाल र मुलपानीमा भएको खेलमा ओमानलाई हराउँदै यूएई फाइनलमा प्रवेश गरेको हो। 

अब नेपाल र यूएईबीच सोमबार फाइनल खेल हुनेछ। सोमबार कुनै कारण खेल नभए मंगलबार हुने छ। मंगलबार पनि खेल हुन नसके नेपाल सिधै एसीया कपमा पुग्नेछ।

नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह बिजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको छ। यता, युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो । युएई २ रनले विजयी हुँदै फाइनल पुगेको हो ।

त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भएपछि ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण पुनः रोकिएको थियो ।

कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएका कारण कुवेत र नेपालबीचको खेल अर्थहीन रह्यो । नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो । 
 

विशेष