News खेल

नेपाललाई तेस्रो झट्काः कुशल, भीम र आसिफ आउट

नेपाललाई तेस्रो झट्काः कुशल, भीम र आसिफ आउट

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेत बीचको जारी सेमिफाइनल खेलमा नेपालको तीन विकेट गुमेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका ओपनर कुशल भुर्तेल आसिफ शेखसँग ७७ रनको साझेदारि गर्दै ४३ रनको आक्रामक इनिङ खेलेर आउट भए ।

अदनन् इद्रिसको बलमा यासिन पटेलबाट क्याच आउट हुनु अघि, कुशलले ३९ बल खेल्दै ७ चौका र एक छक्का प्रहार गरे । नेपालले यसअघि, पाओर प्लेको समाप्तिमा नेपालले विना कुनै विकेटको क्षतिमा ७६ रन जोडेको थियो ।

यसैगरी भीम सार्की १ वल र आसिफ सेख २८ वलमा ३१ रन वनाएर आउट भए। अहिले क्रिजमा कुशल मल्ल र रोहित पौडेल छन्। हालसम्म नेपालको ९४ रन छ।
 

विशेष