News

नेपालमा रहेको आशंका गरिएका पृथकक्तावादी नेता अमृतपाल सिंह मेरठमा

नेपालमा रहेको आशंका गरिएका पृथकक्तावादी नेता अमृतपाल सिंह मेरठमा

स्वतन्त्र खालिस्तान राज्यको माग गर्दै आएका भारत पन्जाबका अमृतपाल सिंह मेरठमा देखिएको प्रहरीले दावी गरेको छ। पन्जाब प्रहरीले यसअघि अमृतपाल सिंह नेपालमा रहेको वताउँदै आएको थियो।

पन्जाब प्रहरी हिरासतबाट फरार भएका सिंह पछिल्लोपटक मेरठको बेगमपुलमा टेम्पोमा यात्रा गरिरहेको विश्वास गरिएको छ। यसबारे जानकारी पाएपछि पन्जाब प्रहरी चार दिनअघि मेरठ पुगेको थियो। प्रहरीले डबल स्टोरी पल्लवपुरम निवासी टेम्पो चालक अजयसँग घन्टौँ सोधपुछ पनि गरेको छ।

अमृतपाल मेरठबाट दौराला जाँदै गरेको टेम्पोमा बसेका थिए। अनुसन्धान गर्न आएको पन्जाब प्रहरीले अमृतपालको फोटो देखाएर टेम्पो चालकसँग सोधपुछ गरेको थियो र अमृतपाल एक साताअघि टेम्पोमा बसेर गएको पनि बतायो। बेगमपुलदेखि दौरालाको बीचमा कहाँ पुग्यो भनेर पनि सोधियो। तर टेम्पो चालकले आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

टेम्पो चालकले पाँच दिनअघि आफू परिवारसहित टेम्पो लिएर गंगामा नुहाउन गएको बताए। फर्कने क्रममा टेम्पो दुर्घटनामा परेको थियो। त्यसपछि पन्जाब प्रहरी उनको घरमै पुग्यो र पन्जाबबाट भागेका खालिस्तानी अमृतपाल सिंहको बारेमा सोधपुछ गरेको थियो।

टेम्पो चालक अजयले भने आफुलाई उनको वारेमा जानकारी नभएको वताएका छन् । 
 

अमृतपाल सिंह

विशेष