News विदेश

कांग्रेसले ९१ पटक गाली गरेर दुर्व्यवहार गरेको मोदीको आरोप

कांग्रेसले ९१ पटक गाली गरेर दुर्व्यवहार गरेको मोदीको आरोप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार कर्नाटकमा आफनो पहिलो चुनावी सभालाई सम्वोधन गरेका छन्। सभालाई सम्वोधन गर्दै उनले भने ‘कर्नाटकको यो चुनाव केवल ६ वर्षका लागि सरकार वनाउने मात्र होईन, यो कर्नाटकलाई देशमा नम्वर वान राज्य वनाउने चुनाव पनि हो। यो विकसित भारतका लागि कर्नाटकको ठुलो भुमिका निर्धारण गर्ने चुनाव हो। र भारत विकसित तव हुन्छ, जव कर्नाटकका कुना कुना विकसित हुन्छ।’

सम्वोधनका क्रममा उनले कांग्रेसले आफूलाई पटकपटक दुव्र्यवहार गरेको आरोप लगाए। कांग्रेसले आफूलाई ९१ पटक फरक फरक गाली गरेको वताए। ‘मलाई कांग्रेसले फेरि गाली गर्न थाल्यो। कसैले मलाई ती गालीहरूको सूची दिएको थियो’ उनले भने–‘अहिलेसम्म कांग्रेसले मलाई ९१ पटक गाली गरिसकेको रहेछ।’

आफूलाई गाली गर्न छाडेर सुशासनका लागि यत्तिको मेहनत गरेर कार्यकर्ताको जोश बढाउने हो भने कांग्रेसको अवस्था सुध्रिने उनको भनाई छ।

निर्धन र देशका लागि काम गर्ने नेतालाई गाली गर्नु कांग्रेसको नियत नै भएको आरोप उनले लगाए। ‘कांग्रेसको इतिहास छ, जो गरिब र देशको लागि काम गर्छ, त्यसलाई अपमानित गर्ने। यसरी आक्रमण मलाई मात्रै गरिएको होइन,’ उनले भने, ‘तपाईंहरूलाई त थाहै छ पहिले ‘चौकीदार चोर हो’ भन्ने नारा चुनावमा लगायो, पछिल्लोपटक ‘मोदी चोर’ भन्यो। त्यसपछि सिंगो ओबीसी समाज चोर भनेर अरु भाइबहिनीलाई पनि गाली ग¥यो।’

कांग्रेसले गाली गरेकै कारण जनताले फेरि उभिनै नसक्ने गरी जवाफ दिएको पनि उनले बताए। 

विशेष