News अर्थ

कम्प्युटर बोकेर गाउँ पस्ने वित्तिय संस्थाले आमाहरुलाई पासो लगाउन बाध्य पारेः मन्त्री किराँती

कम्प्युटर बोकेर गाउँ पस्ने वित्तिय संस्थाले आमाहरुलाई पासो लगाउन बाध्य पारेः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले बैंक तथा वित्तिय संस्थाहरूले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने गरेको आरोप लगाएका छन्।

होटल एशोशिएशन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तिय संस्थालाई नयाँ शोषकको रुपमा उदाएको आरोप लगाए। 

छोराछोरीहरूलाई मोबाइल किन्न लिएको ऋण तिर्न गाउँले आमाहरूको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको उनको भनाई छ।

पहिले शोषकहरू दौरा सुरूवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको मन्त्री किरातीले बताए। शहरमा पनि बैंक तथा वित्तिय संस्थाहरूको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको उने स्मरण गराए।

‘१२ कक्षा पढेपछि सबै विद्यार्थीहरू विदेश जान्छन्। १२ कक्षा पढेपछि विद्यार्थीहरू किन जान्छन् विदेश ?  पैसा छैन। बैंकलाई लगाई दिन्छ। पछि मिटरमा ब्याज लिन्छ। फेरी उसले पैसा फर्काएर लान्छ,’ उनले भने, ‘नयाँ शोषक आएको छ नि त कम्प्युटर बोकेर। महंगो ब्याज बोकेर, कम्प्युटर ठोकेर। पहिला त दौरासुरूवाल लगाएर जुँगामा ताउ लगाउँदै तमसुक बोकेर आउथे शोसक। अहिले त कम्प्युटर बोकेर पो आउँछ।’
 

विशेष