News अपराध सुरक्षा

२१ वर्षिय छोराको हत्या गरी प्रहरीमा आत्मसमर्पण

२१ वर्षिय छोराको हत्या गरी प्रहरीमा आत्मसमर्पण

धनगढीमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेर प्रहरीमा आत्मसमर्पण गरेका छन् । धनगढी उपमहानगरपालिका–६ को मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरीले आत्मसमर्पण गरेका हुन।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीका चौधरीले शनिबार बिहान २१ वर्षीय छोरा अर्जुनको हत्या गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा आत्मसर्पण गरेका हुन् ।

चौधरीले अर्जुनलाई घरदेखि करिब १५० मिटर टाढा जङ्गलमा लगेर टाउकोमा इट्टा प्रहार गरी हत्या गरेको वयान दिएका छन् । र हत्या गर्नुको कारण भने नखुलेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम चौधरीले बताए।

चौधरीलाई नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

विशेष