News खेल

कप्तान रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा कुवेत विरुद्ध नेपालले बनायो २८२ रन

कप्तान रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा कुवेत विरुद्ध नेपालले बनायो २८२ रन

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध २८१ रन बनाएको छ । वर्षाले प्रभावित भएका कारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २८१ रन बनाएको हो।

नेपालको स्कोर ३२.२ ओभरमा १४१÷३ भएको बेला पानी परेपछि झण्डै दुई घण्टा खेल रोकिएको थियो । सुरुमा ४५ ओभरमा छोट्याइएको खेल फेरि पानी परेपछि ४२ मा झारिएको थियो। त्यसपछि सुरु भएको खेलमा नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बल खेलेर ७ चौका र ३ छक्कासहित ९४ रन बनाए। कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए। कुशलले ४४ बलमा समान ४–४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडे।

ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी भयो। भीम सार्की १ रन, आरिफ शेख १९ रन, सन्दीप लामिछानले ५ रन, करण केसी ६ बलमा ७ रन र सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे।

बलिङमा कुवेतका मोहमद अस्लाम र एडनान इड्रेसले ३–३ विकेट लिए।  अर्को सेमिफाइनलमा मुलपानीमा ओमान र युएईबीच खेल भइरहेको छ। प्रतियोगिताको फाइनल आगामी सोमबार कीर्तिपुर मैदानमा हुनेछ। 
 

विशेष