News

कुवेतको छैठौं विकेट ढल्यो, करन केसी एक्लैले लिए ५ विकेट

कुवेतको छैठौं विकेट ढल्यो, करन केसी एक्लैले लिए ५ विकेट

एसीसी प्रिमियिर कप अन्तरगतको सेमिफाइनल खेलमा कुवेतले छैठौं विकेट गुमाएको छ । करन केसी एक्लैले ५ विकेट लिएका छन्। उनले कप्तान मो. अस्लमलाई पाँचौ शिकार वनाए।

यसअघि उनले ९ रन बनाएका राभिजा सान्दारुवान, ५ रन बनाएर मित भावसार र शून्य रन बनाएका अदनान इद्रिसलार्ई आउट गरेका थिए । त्यस्तै खेलमा सोमपाल कामीले एक विकेट लिएका छन् ।

उनले परविन्दर कुमारलाई आउट गरेका थिए । कुमार एक रन बनाएर एलबीडब्लु आउट भए । मात्र २२ रन बनाउँदा कुवेतका ५ खेलाडी पभिलियन फर्किसकेका छन् ।
 

विशेष