नेपाललाई पहिलो ओभरमै २ विकेटको सफलता

एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपाललाई पहिलो ओभरमा नै २ विकेटको सफलता मिलेको छ ।
करन केसीले शून्य रन बनाएका अदनान इद्रिसलाई आफ्नो शिकार बनाए भने चौथो वलमा सोमपाल कामीले पार्भिन्दरलाई आउट वनाए।
यसअघि पहिलो ब्याटिङ गरेको नेपालले कुवेतविरुद्ध ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । वर्षाले प्रभावित बनेको खेल ४२ ओभरमा छोट्याइएको थियो । डकवर्थ लेविसको आधारमा कुवेतले २ सय ८१ रनकै लक्ष्य पाएको छ ।