News अपराध सुरक्षा

नीराको हत्यामा संलग्न भएको आरोपमा धुलावारीका विनोद विक पक्राउ

नीराको हत्यामा संलग्न भएको आरोपमा धुलावारीका विनोद विक पक्राउ

काठमाण्डौं– ६, कपन स्थित सरस्वतीनगरकी भाँडा पसले नीरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले शनिवार राती झापाको धुलाबारीका विनोद विकलाई पक्राउ गरेको हो।

घटना अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने विनोदलाई केही दिनअघि नै पक्राउ गरी सोधपुछ गरिरहेको जनाएका छन्। करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने आचार्यको वैशाख ७ मा पसलको काउण्टरमै हत्या भएको थियो ।

घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ । वैशाख ७ मा सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३२ वर्षीया निरा रगताम्मे भएर ढलेको देखेपछि परिवारलाई खबर गरेकी थिइन् ।

उनको शरीरको २० ठाउँमा चक्कुले हानेर हत्या गरिएको थियो । हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टिमले अनुसन्धान गरेको थियो ।

निराले चलाएको ‘निरु किचेन’ बाट करिब ३ सय मिटर पर उनका श्रीमान योगेन्द्र आचार्यले इलेक्ट्रिक सामग्री पसल चलाएका छन् । योगेन्द्र र निराकी १० वर्षीया छोरी छिन् । 

यो पनि,

नीरा आचार्य

विशेष