News

रास्वपाको संसदीय दलको नेताबाट डोलप्रसाद अर्यालले किन दिए राजीनामा ?

रास्वपाको संसदीय दलको नेताबाट डोलप्रसाद अर्यालले किन दिए राजीनामा ?

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजीनामा दिएका छन्। दलका उपनेता विराजभक्त श्रेष्ठलाई सम्बोधन गर्दै उनले शनिवार राजीनामा दिएका हुन।

प्रतिनिधि सभाको चितवन २ मा भएको उपनिर्वाचनबाट सभापति रवि लामिछाने विजयी भएर संसद पुगेपछी अर्यालले राजीनामा दिएका हुन। नागरिकता प्रकरणमा माघ १३ गते रविले सांसद पद गुमाएपछि दलको नेतामा अर्याल चयन भएका थिए।

अव पार्टी सभापति रवि लामिछाने नै संसदीय दलको नेता बन्दैछन्। संसदीय दलको बैठक सोमबार बस्ने तयारी छ। बैठकले लामिछानेलाई दलको नेता चयन गर्नेछ। 

चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा निर्वाचित भएका रवि लामिछानेले शुक्रबार शपथ लिएका थिए। शपथ लिएसँगै शुक्रबार नै उनी प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। 
 

विशेष