News

हिड्न र बोल्न थालेपछि स्वदेश फर्किए कांग्रेस सांसद चन्द्र भन्डारी

हिड्न र बोल्न थालेपछि स्वदेश फर्किए कांग्रेस सांसद चन्द्र भन्डारी

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा लामो उपचारपछि आईतवार स्वदेश फर्किएका छन्। गत फागुन ३ गते राति वद्धनगर स्थित आफ्नै घरमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा घाईते भएका भण्डारीलाई उपचारका लागि भारत लगिएको थियो।

मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ। उनी बोल्ने र हिँड्ने गर्न थालेका छन्। नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन्। 

आगलागीमा परी नेता भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। उनकी आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । 

नेता भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो। 

चन्द्र भण्डारी

विशेष