News

बलात्कार गरेको भिडिओ देखाएर ब्ल्याकमेल गर्दै ६ वर्षदेखि यौन शोषण, पक्राउ परे ब्यापारी

बलात्कार गरेको भिडिओ देखाएर ब्ल्याकमेल गर्दै ६ वर्षदेखि यौन शोषण, पक्राउ परे ब्यापारी

बलात्कार गरेको भिडिओ बनाएर ब्ल्याकमेल गर्दै एक किशोरीमाथि ६ वर्षदेखि निरन्तर यौन शोषण गर्दै आएका विराटनगरका एक जना ब्यापारी पक्राउ परेका छन्। 

प्रहरीका अनुसार विराटनगर–६ का ३० वर्षीय मोहम्मद रिजवान अन्सारी बलात्कार आरोपमा पक्राउ परेका हुन। विराटनगरमा उनको चस्मा पसल छ। ०७४ सालमा १५ वर्षकी हुँदा पहिलो पटक वलात्कारको शिकार भएकी ति किशोरी २० वर्षकी हुँदासम्म निरन्तर यौन शोषणमा परेको प्रहरीले जनाएको छ।

अन्सारीले पहिलोपटक बलात्कार गरेको भिडिओ सार्वजनिक गर्ने धम्की दिँदै निरन्तर यौन शोषण गर्दै आएको पीडितले बताएकी छिन्। किशोरीलाई तर्साउन उनले अश्लिल भिडिओ फेक फेसबुक एकाउन्टमा अपलोड समेत गर्ने गरेको पाईएको छ।

बलात्कारको शिकार बनेकी किशोरीको दुई पटक गर्भपतन पनि गराएको खुलेको छ। ‘उसले भनेको र गरेको मानेन भने भिडिओ सामाजिक सञ्जालमा हालेर भाइरल बनाउने डर देखाउने गरेको थियो’ किशोरीले दिएको जाहेरीमा भनिएको छ–‘दुई पटक गर्भ वसेपछि उसैको दवावमा गर्भपतन पनि गराइएको हो।’

‘जबरजस्ती करणी गरेपछि पीडितको भिडिओ बनाएर त्यही अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाउने डर देखाउँदै ६ वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ,’ मोरङ प्रहरीका डिएसपी रन्जनकुमार दाहालले भने–‘अहिले घटनाको अनुसन्धान भईरहेको छ।’

प्रहरीले उनीविरूद्ध जबरजस्ती करणी, गर्भ संरक्षणको कसुर र विद्युतीय कारोबार ऐनमा म्याद थप गरी अनुसन्धान सुरू गरेको जनाएको छ।
 

विशेष