News

काठमाडौंमा वाउन्सर रहेका विनोद नीराको हत्यापछि भागेर झापा पुगेको खुलासा

काठमाडौंमा वाउन्सर रहेका विनोद नीराको हत्यापछि भागेर झापा पुगेको खुलासा

नीरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आशंका गरिएका विनोद विक काठमाण्डौंमा वाउन्सरको काम छोडेर घट्नापछि भागेको खुलासा भएको छ। 

प्रहरी स्रोतका अनुसार झापाको धुलावारी घर भएका विक काठमाण्डौंमा वाउन्सरको काम गर्थे। उनलाई शनिवार राती झापामा पक्राउ गरिएको छ। उनलाई आजै काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीको भनाई छ।

नीराको हत्यापछि उनी भागेर झापा पुगेको प्रहरी स्रोतको दावी छ। उनले किन नीराको हत्या गरे भन्ने प्रहरीले अहिले खुलाएको छैन।

काठमाडौँ–६, कपनस्थित सरस्वतीनगरमा भाँडा पसल गर्ने नीराको वैशाख ७ गते पसलमै हत्या भएको थियो। उनको शरीरमा झन्डै २० ठाउँमा चक्कु रोपिएको थियो।  

घटनामा संलग्न पहिचान हुन नसक्दा यसबीच प्रहरीले ५÷७ जनलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको छ भने करिव ५० जनाभन्दा वढिसँग सोधपुछ गरेको छ। हत्या भएको एक साताभन्दा बढी समय भइसक्दा पनि आरोपी पक्राउ पर्न नसकेको भन्दै आन्दोलन सुरु भएपछि एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति नै वनाएर अनुशन्धान भईरहेको छ।

बाग्लुङ बडिगाड गाउँपालिका निवासी पाण्डेको व्यवसाय राम्रो हुँदै गएपछि करिब तीन वर्षअघि उनी र श्रीमान् योगेन्द्र आचार्यले अर्को पसल पनि खोलेका थिए । अर्को पसल एक सय मिटरको दूरीमा छ। प्रहरी अनुसन्धानमा दुवैको सम्वन्ध भने राम्रो देखिएको छैन। श्रीमान योगेन्द्रमाथि पनि प्रहरीले अनुशन्धान गरिरहेको छ।

नीरा पाण्डे आचार्य

विशेष