News अपराध सुरक्षा

लुटेको गहना बालाजुमा वेचेर भागेका थिए नीराका हत्यारा !

लुटेको गहना बालाजुमा वेचेर भागेका थिए नीराका हत्यारा !

कपनको भाँडा पसलमा नीरा पाण्डे आचार्यको हत्या गरी भागेका झापाको धुलावारीका विनोद विश्वकर्माले मृतकको गहना वेचेको सुन पसल प्रहरीले पत्ता लगाएको छ।

हत्यामा विनोदकै संलग्नता रहेको निष्कर्षसहित उनलाई प्रहरीले झापाबाटै पक्राउ गरेर काठमाडौं ल्याउँदैछ। निराको हत्यापछि लुटिएका सुनका गहना उनले बालाजुको सुन पसलमा बेचेको पाईएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले वताए। यद्यपी निराले लगाएको एउटा सिक्रि भने प्रहरीले घट्नास्थलमै फेला पारेको छ।

ठमेलको एउटा नाइट क्लबमा वाउन्सर रहेका उनी निराको हत्यापछि गहना लुटेर भाग्दै झापा पुगेको प्रहरीको भनाई छ। हत्या अघि उनले निराको पसलको रेकी गरेको पनि प्रहरीले सीसीटीभी फुटेजबाट पत्ता लगाएको छ।

वैशाख ७ गते कपनस्थित सरस्वतीनगरको निरु भाँडा पसलमा अन्धाधुन्ध चक्कु प्रहारबाट बाग्लुङ बडिगाड गाउँपालिकाकी ३२ वर्षीया निराको हत्या भएको थियो । उनको शरीरका विभिन्न भागमा करिव २० ठाउँमा छुरा प्रहार गरिएको छ।

प्रहरीले घट्नाको वारेमा आजै थप जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ। 

नीरा पाण्डे आचार्य

विशेष