News

रविले वालुवाटारमा भेटे प्रधानमन्त्री, गृहमन्त्री दिन तयार छन् प्रचण्ड ?

रविले वालुवाटारमा भेटे प्रधानमन्त्री, गृहमन्त्री दिन तयार छन् प्रचण्ड ?

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने बालुवाटार पुगेका छन् ।

भेटमा प्रधानमन्त्री दाहाले चितवन २ को उपनिर्वाचनमा विजयी भएका लामिछानेलाई बधाई दिएका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलापछि पद गुमाएका लामिछाने वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा पुनः निर्वाचित भएका थिए ।

निर्वाचित भएर आएसँगै उनले सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीभित्र र बाहिर छलफल तीव्र बनाएका छन् 

प्रधानमन्त्री दाहालले रास्वपालाई सरकारमा ल्याउन चाहेको र रास्वपाले केही माग राखेकाले यी विषयमा छलफल भएको स्रोतले जनाएको छ। रास्वपाले पुराना मन्त्रालय जस्ताको तस्तै फिर्ता, सरकारका न्यूनतम साझा कार्यक्रममा यसअघि रास्वपाले उठाएका विषय जस्ताको तस्तै समावेश लगायतका सर्त पुरा भए सरकारमा जाने मुड बनाएको छ।

रास्वपाले सरकारमा जाने वा नजाने भन्ने आधिकारिक निर्ण गर्न भने सोमवार केन्द्रीय समितिको वैठक वोलाएको छ। उक्त वैठकले लामिछानेलाई संसदिय दलको नेता नियुक्त पनि गर्ने जनाईएको छ। लामिछाने संसदबाट वर्खास्त भएपछि नेता चुनिएका डोलप्रसाद अर्यालले शनिवार राजिनामा दिएका छन्।

रवि लामिछाने

विशेष