News

अरुण तेस्रोको ड्याम साईटको टनेलमा सुख्खा पहिरो खसेर नदी थुनियो

अरुण तेस्रोको ड्याम साईटको टनेलमा सुख्खा पहिरो खसेर नदी थुनियो

संखुवासभामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेर नौ सय मेगावाट क्षमताको टनेल थुनिएको हो ।

अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ । अरुण नदीको वहाब परिवर्तन गरी चार सय २९ मिटर लामो टनेल निर्माण गरिएको छ । अस्थायी बाँध निर्माण गरी टनेल मार्फत नदी बग्दै आएको थियो । टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ ।

पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ । सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ ।

टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको प्रहरीले जनाएको छ। डिएसपी वीरेन्द्र गोदारले ‘टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी थुनिएको भएको’ बताए। नदीको बहाव नियमित मार्गबाट गराउन भने केही समय लाग्ने देखिएको छ । पहिरोले अरुण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको छ । 
 

विशेष