News

वीर अस्पतालकी नर्स डाक्टरको घरमा मृत भेटिइन्, अनुशन्धान गर्दै प्रहरी

वीर अस्पतालकी नर्स डाक्टरको घरमा मृत भेटिइन्, अनुशन्धान गर्दै प्रहरी

काठमाडौंको वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ कान्ती बाल अस्पतालका डाक्टर सुजन ढकालको बोहराटारस्थित घरमा मृत भेटिएकी छिन्। 

अनुमानले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ। उनीहरु एकअर्काको प्रेममा रहेको र सुजनले विवाह गर्न नमानेपछि अनुमाले आत्माहत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

घट्नाको अनुशन्धान गरिरहेको प्रहरी वृत्त बालाजुले घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ।

भरतपुर महानगरपालिका–१ घर भएकी २९ वर्षकी अनुमा झुण्डिएको अवस्थामा फेला परेको र कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीको भनाई छ। अनुमा वीर अस्पतालमा कार्यरत आठौं तहकी स्थायी नर्सिङ अधिकृत हुन् ।

पछिल्लो केही समययता उनी मानसिक समस्यामा रहेको र औषधि सेवन तथा मनोसामाजिक परामर्शमा पनि रहेको जनाईएको छ। 
 

विशेष