News

इन्स्पेक्टरले हवल्दारलाई नाकको डाँडी बांगिने गरी हानेपछि...

इन्स्पेक्टरले हवल्दारलाई नाकको डाँडी बांगिने गरी हानेपछि...

जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत इस्पेक्टर नवीन चापागाईंले प्रहरी हवल्दारलाई कुटपिट गरी घाईते वनाएका छन्।

जिल्ला कारागार,  डोल्पामा कार्यरत सल्यान सिद्धकुमाख गाउँपालिका–३ घर भएका ३७ वर्षीय हवल्दार हरि आरसीलाई पापागाईले कार्यालयमा बोलाएर कुटपिट गरेको जनाईएको छ। आरसी शनिवार बिदामा वसेका थिए।

चापागाईले सई मार्फत आरसीलाई बेलाएर कुटपिट गर्दा बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ। उनको जिल्ला अस्पताल, डोल्पामा उपचार भइरहेको छ। थप उपचारका लागि उनलाई नेपालगञ्ज पठाउन लागिएको छ।

‘बिदाको दिन म साथीहरूसँग बसेर रमाइलो गरिरहेको थिएँ। इन्सपेक्टर साबले बोलाउनुभयो। म विशेष काम परेको होला भनेर मादक पदार्थ सेवन गरे पनि उहाँलाई भेट्न गएँ’ उनले भने–‘तर उहाँले मलाई एक्कासी कुटपिट गर्नुभयो। आँखामा ठूलो चोट लागेको छ। हेर्न पनि गाह्रो भइरहेको छ। नाकमा चोट लागेको र बांगिएको छ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले आफू कार्यालय बाहिर रहेकाले घटनाको बारेमा विस्तृत थाहा नभएको बताउँदै अनुसन्धान भइरहेको बताए। अनुसन्धानपछि दोषीलाई कारबाहीको दायरामा ल्याउने पनि उनले बताए।

विशेष