News अपराध सुरक्षा

नग्न फोटो/भिडियो बनाएर अनलाइन ब्ल्याकमेल गर्ने गिरोहका २३ जना पक्राउ

नग्न फोटो/भिडियो बनाएर अनलाइन ब्ल्याकमेल गर्ने गिरोहका २३ जना पक्राउ

नग्न फोटो/भिडियो बनाएर अनलाइन ब्ल्याकमेल गर्ने गिरोहका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। ठगी कारोबारमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले जनकपुरबाट उनीहरुलाई पक्राउ गरेको हो।

जनकपुरको पिडारी चोकस्थित बर्गर हाउसनजिकैबाट सोमबार साँझ उनीहरु पक्राउ परेका हुन। पक्राउ पर्नेमा १४ पुरुष र ९ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ। उनिहरु सवै २० देखि २८ वर्षभित्रका छन्।

उनीहरुले पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आइरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले बताए।

उनीहरुले विभिन्न एपमार्फत हनिट्र्याप जस्तो शैलीमा धन्दा गर्दै आएको पाईएको छ। उनीहरुलाई पर्सा पकहा मोहनपुर वडा नम्बर ५ का सत्यानन्द रामले नेतृत्व गर्दै आएका थिए भने धनुषाको सबैला घर भइ जनकपुरमै रहँदै आएकी सञ्जु साहले अनलाइन ठगीको कारोबार सम्हाल्दै आएको पाईएको छ।

आधाभन्दा बढी युवतीहरुले सेवाग्राही खोज्ने र आफ्नो जालमा पार्नका लागि विभिन्न प्रलोभन दिने गरेको पाईएको छ। सम्वन्ध राम्रो वन्दै गएपछि तस्विर आदानप्रदान गर्ने, नग्न फोटो भिडियो खिच्ने अनि ब्ल्याकमेल गर्दै रकम उठाउँदै आएको प्रहरीको दाबी छ। 
 

विशेष