News

सन्दीपविरुद्धको मुद्दा फैसलाका लागि बुधबार अन्तिम पेशी

सन्दीपविरुद्धको मुद्दा फैसलाका लागि बुधबार अन्तिम पेशी

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाका लागि बुधबार अन्तिम पेशी तोकिएको छ। 

जिल्ला अदालत काठमाडौंमा फैसलाका लागि बुधबारलाई पेशी तोकिएको सन्दीपका वकिल मुरारी सापकोटाले बताए। पेशी तोकिए पनि बुधबार नै सुनुवाइ भएर फैसला आउने निश्चित छैन। 

यसअघि गत सोमबार पनि यो मुद्दा पेशी चढेको थियो। तर त्यतिबेला पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीशकै इजलासमा परेपछि सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत सोमबार पेसी तोकिएको थियो। घिमिरेको एकल इजलासले नै सन्दीपलाई गत कात्तिक १९ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। 

तर, उनको आदेश उच्च अदालत पाटनबाट बदर भएको थियो। घिमिरेको आदेश बदर भएसँगै सन्दीप थुनामुक्त भएका थिए।

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो। सन्दीपलाई १० देखि १२ वर्ष कैदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता छ। त्यसको अन्तिम फैसला हुन लागेको हो। 
 

सन्दीप लामिछाने

विशेष