News

राष्ट्रिय एकता अभियान मुस्लिम आयोग विरुद्ध आक्रमकः आयोग खारेज गर्न माग

राष्ट्रिय एकता अभियान मुस्लिम आयोग विरुद्ध आक्रमकः आयोग खारेज गर्न माग

चैत १६ गते रामनवमीका दिन जनकपुर स्थित जानकी मन्दिरमा भएको हिन्दु–मुस्लिम साम्प्रदायिक तनावपछि राष्ट्रिय एकता अभियान मुस्लिम आयोग विरुद्ध आक्रमक भएको छ।

उक्त घट्नापछि अभियानले मुस्लिम आयोग खारेज गर्न र आयोगका अध्यक्ष समिम मियाँलाई कारवाही गर्न माग गरेको छ। अभियानका अध्यक्ष विनय यादवले जानकी मन्दिरसँग जोडेर बनाईएको जामे मस्जिद भत्काउन समेत माग गरेका छन्।

अभियानले नेपालमा इस्लामिक अतिक्रमण वढेको भन्दै ललितपुरस्थित दमकल चौकमा प्रदर्शन समेत गरेको छ। प्रदर्शनका क्रममा ‘जानकी मन्दिरसँगैको जामे मस्जिद भत्काउ, मुस्लिम आयोग खारेज गर, इस्लामिक अतिक्रमण बन्द गर, जानकी मन्दिर घेर्ने मुस्लिम बस्ती हटाउ, जिहादी आतंकवाद मुर्दावाद, हिन्दू एकता जिन्दावाद, समीम मियालाई कार्यवाही गर, नेपाललाई तालिवान बनाउन पाइँदैन’ भन्दै नारा लगाएका थिए ।

प्रदर्शनकारीहरुले मुस्लिम आयोगमा पुगेर कोणसभा गरेका छन्। कोण सभालाई सम्वोधन गर्दै अभियानका अध्यक्ष यादवले पछिल्लो समय नेपालमा जिहादी गतिविधि बढेको बताए । उनले भने, ‘हिन्दूहरुमाथि मुस्लिमहरुले ज्यादती गरिरहेका छन्, जनकपुरमा निकालिएको शोभा यात्रामा मुस्लिमहरुले ढुंगामुढा गरेका थिए, यसले नेपालमा जिहादी गतिविधि बढेको प्रष्ट हुन्छ।’

उनले मुस्लिम आयोगले उक्त विषयलाई लिएर झुठो प्रेस विज्ञप्ति निकालेको पनि उनले बताए । उनले भने, ‘मुस्लिम आयोगले मुस्लिम समुदायको बचाउमा प्रेस विज्ञप्ति निकालेको हो, यसले समाजिक सदभावमा असर पु¥याएको छ।’

विशेष